सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । ईशनाथ नगरपालिकाका नेकपा नगर कमिटि अध्यक्ष मोहन मेहताले छठ लग्तै पार्टि विस्तारका लागी सक्रिय रुपमा क्रान्ति ल्याउने बताएका छन् । मंगलवार पार्टिका कार्यकर्ताहरु संगको भेटघाटको क्रममा मेहताले पार्टि भित्रको गुटबन्दिले विपक्षीहरु विरोधि गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन् ।
कार्यकर्ताहरु संग छलफलको क्रममा मेहताले ईशनाथ नगरपालिका तथा रौतहट क्षेत्र नम्बर २ मा पार्टि संग्ठन बिस्तार र मजबुत बनाउनका लागी भुमिका निर्वाह गर्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
हिन्दुहरुको पर्व पछाडि पार्टि संगठन विस्तारका लागी रणनिति तयार भई सकेकोले छिटै युवा कमिटि, वडा कमिटि गठन लगायतका कार्यहरु संचालन हुने मेहताले बताएका छन् । पार्टि भन्दा माथी कोहि नरेहेको भन्दै पार्टिले आयोजना गरेको कार्यक्रमलाई व्यक्तिगत कार्यक्रम जस्तो ठानी गुटबन्दिको शिकार नबाउन अध्यक्ष मेहताको आग्रह रहेको छ ।
पछिल्लो समय ईशनाथ नगरपालिकामा व्यवसायीक राजनिति शुरु भएको हेर्दा अचम्म लागेको मेहताको भनाई रहको छ । विभिन्न दातृ निकायहरुको बजेट प्रयोग गरी कालोधन आर्जन गरेका केहि गैरराजनितिक व्यक्ति राजनितिको सहारा लिई आफ्नो कालोधन लाई गोरो बनाउन स्थानियहरु लाई प्रलोभनमा पार्ने काम गरी रहेकोले त्यस किसिमका व्यक्तिहरुको भण्डाफोर गर्न मातहतका कार्यकर्ताहरु लाई मेहताले निर्देशन दिएका छन् ।
राजनिति व्यापार नभई सेवा भएकोले राजनितिलाई व्यवसाय बनाई बदनाम नगराउन मेहताले सुझाव समेत दिएका छन् । राजनिति गर्न कुनै पनि व्यक्तिलाई कुनै कानुनी रोकटोक नरहेकोले निश्पक्ष भावनाले राजनितिमा आउने सबैलाई आफु स्वंम फुलमालाले स्वागत गर्न आतुर रहेको मेहताको धारणा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा