सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १६ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले यस्को खुलासा गर्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले अब अलग अलग भएर जानु पर्ने प्रस्ताव राख्नु भएको बताउनु भएको छ ।
आइतबार आफ्नो निवास खुमलटारमा सचिवालयका सदस्यहरुलाई बोलाएर उहाँले प्रधानमन्त्री ओलीको प्रस्ताव बारे जानकारी दिनुभएको हो ।
शनिबार ११ दिनपछि प्रधानमन्त्री ओलीसंग अध्यक्ष दाहालको भेट प्रधानमन्त्रीको निवास वालुवाटारमा भएको थियो । सो भेटमा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नु भएको थियो । तर ओलीले भने अब पार्टी नै अलग अलग बनाएर लैजानु भलो हुने बताउनु भएको पनि दाहालले खुलासा गर्नु भएको छ ।
आइतबार आफ्नो निवासमा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादु थापालाई बोलाएर दाहालले यो जानकारी दिनु भएको हो ।
भेलामा सहभागी नेता खनालले भने ,‘हिजो अध्यक्ष कमरेड दाहालले प्रधानमन्त्री ओलीजीसँग भेट्नुभयो । उहाँले प्रचण्ड कमरेडसँग म पार्टीको निर्णय पनि मान्दिन् । तपाईले जे निर्णय गरे म त्यही मान्छु ? मलाई असहयोग गर्ने ? भनेर भन्नुभयो अरे । उहाँले अलग अलग भएर जाऔं भनेर पनि प्रस्ताव गर्नुभयो अरे । आज प्रचण्डजीले हामीलाई यही ब्रिफिङ गर्नुभयो । हामी छलफलमा छौं । पार्टीभित्र गम्भीर संकट आयो । कसरी एकता बचाउने भन्नेबारे हामी छलफलमा छौं ।’
छलफलमा सहभागी एक सदस्यका अनुसार छलफलमा प्रधानमन्त्री ओली पक्षले प्रधानमन्त्री पदको माग गरेको भन्ने कुराको खण्डन गर्दै दाहालले आफुले ओलीसमक्ष प्रधानमन्त्री पद नमागेको प्रष्ट पार्नु भएको थियो ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले एकलौटी रुपमा राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली सरकारको किचलो, भारतीय जासूसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता तथा पर्सामा नेकपा कार्यकर्ता चौरसियाको मुत्यु लगायतलाई लिएर नेकपाका बरिष्ठ नेताहरुले तिब्र असन्तुष्टि ब्यक्त गर्दे आईरहेका छन् । तर प्रधानमन्त्रि ओली भने अरु नेताहरुको कुरा सुन्ने पक्षमा नदेखिएकोले संकट उत्पन्न हुन सक्ने प्रष्ट छ ।
आजै पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल मार्फत पार्टी फुट्न सक्ने संकेत गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा