सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि कोरोना संक्रमितको उपचार खर्च र धरौटी रकम तोकेको छ । अस्पतालले एक सूचना जारी गरी संक्रमित बिरामीको उपचारका लागि लाग्ने खर्चबारे जानकारी दिएको हो।
अस्पतालले दिएको जानकारी अनुसार जटिल अवस्थाको बिरामीका लागि भेन्टिलेटरसतिको आईसीयूमा दैनिक १५ हजार शुल्क लाग्नेछ । भर्ना हुनका लागि ५० हजार धरौटी रकम तोकिएको छ।
भेन्टिलेटरबिना आइसीयूमा राखेको र क्याबिन आइसोलेसनमा राखको दैनिक ७ हजार ५ सय खुल्क लाग्ने जानकारी दिइएको सुचनामा छ । यसका लागि बिरामीले भर्ना हुनुअघि ३० हजार धरौटी राख्नुपर्ने अस्पतालले जनाएको छ।
मध्यम जटिल अवस्थाका संक्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा राखेको दैनिक ३५ सयका दरले खुल्क लाग्ने टेकु अस्पतालको सूचनामा जानकारी दिइएको छ । यसमा भर्ना हुनका लागि २० हजार धरौटी तोकिएको छ।
विपन्न, जेष्ठनागरिक, अति अपांग, अशक्त, एकल महिला लगायतलाई १० प्रतिशतदेखि शतप्रतिशतसम्म निकुल्क उपचार गरिने अस्पतालले जानकारी दिएको छ । बिरामीको अवस्था, आवश्यकता र औचित्यका आधारमा शुल्क मिनाह गरिने सूचनामा भनिएको छ।
सरकारले कोरोना संकमितले उपचार खर्च आफैले ब्यहोर्नुपर्ने घोषणा गरेपछि सरकारी अस्पतालहरुले धमाधम विवरण सार्वजनिक गर्न थालेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा