सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन् । त्यस्तै यो साता विदेशमा कुनै पनि नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छैन ।
विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।
गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको संघले जनाएको छ ।
अनावश्यक यात्रा नगरौं
संघले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानो भाइरसको विश्वव्यापी संक्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न संघले आव्हान गरेको हो ।
संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गरेका छन् । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन अनुरोध गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा