सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको गुजारा नगरपालिका वार्ड नं ४ मा नेपाली कॉंग्रेसको शुभकामना आदान प्रदाण कार्यक्रम सम्पन भएको छ ।
वार्ड अध्यक्ष पवन राज गिरीको सभापतित्वमा सम्पन कार्यक्रममा प्रमुख अतिथि नेपाली कॉंग्रेस तराई मधेश विभागका प्रमुख एवं केन्द्रीय सदस्य पुर्व मन्त्री अजय चौरसिया विशिष्ट अतिथिहरुमा नेपाली कॉंग्रेस रौतहटका पार्टी सभापति कृष्णा यादब पुर्व सांसद जितेन्द्र कुमार यादब नेपाली कॉंग्रेस रौतहटका कोषाध्यक्ष राम श्रेष्ठ शाह सँघिय सांसद देव प्रसाद तिमिल्सिना रहेको थियो ।
अतिथिको रुपमा नेपाली कॉंग्रेस रौतहटका सचिब हृदय नारायण यादब फतूवा विजयपुर का मेयर गोपाल राय यादब क्षेत्र नम्बर तिनका क्षेत्रीय सचिब फिरोज आलम नेपाल बिधार्थी संघ रौतहटका सभापति श्यामहरि चौलागाई लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि अजय चौरसिया ले सरकार पूर्ण रूपमै भ्रष्टचार लिप्त रहेको आरोप लगाए। कोरोनाको नाममा सरकार लुटतन्त्र मजाऊदै लोकतन्त्र कै धजी उडाएको कुरा बताउनु भयो।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भावी प्रदेश दुईका पार्टी सभापतिका प्रबल दावेदार कृष्णा यादबले सँघिय सांसद अनिल झामा यदि नैतिकता बाकी छ भने राजीनामा दिन चुनौती दिए । कोरोना को समयमा प्रदेश सरकार र सँघिय सरकार केहि नगरेको यदि जनताको समस्या बुझ्ने प्रयाश नै गरे पनी त्यो केवल स्थानीय सरकार मात्र गरेको र माहिलाको अस्मिता माथि नै प्रश्न उठाउने गरी दिएको अभिव्यकतिको व्यक्तिगत तर्फवाट र नेपाली कॉंग्रेस पार्टी को तर्फबाट घोर भर्त्सना गर्दछु उनले भने।
फरक प्रसंग्मा बोल्दै आफू यूवामय कॉंग्रेस बनाउन लागि परेको कुरा बताउनु भयो । त्यस्तै आफ्नो भनाई राख्ने क्रममा पुर्व सांसद जितेन्द्रकुमार यादब ले नेपाली जनताको हित र कानुनी राज्य को कल्पना केवल नेपाली कॉंग्रेस को कार्यकालमा मात्र सम्भव रहेको जिकिर गर्नु भयो र त्यो कुरा पर्सामा भएको घटना ले प्राम्नीत भईसकेको स्पष्ट पार्नु भयो। शुभकामना दिने क्रममा क्षेत्रीय सचिब फिरोज आलमले समाजीक सँजालमा आफैलाई विकाश पुरुष भननेहरुले कुनै दीर्घकालीन काम नगरी केवल कमाउ धन्दामा लागेको आरोप लगाउनु भयो र जनता सबै कुरा बुझी सकेकोले आगामी निर्वाचनमा नेपाली कॉंग्रेसलाई दुई तिहाइ ल्याउनमा कुनै शक्तिले रोक्न नसक्ने दाबी गर्नु भयो कार्यक्रमको सँचालन नगर सभापति कुमार चौलागाईले गर्नु भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा