सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कोरोना संक्रमित काँगेस नेता एवं पूर्वमन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ ।
ग्राण्डी अस्पतालमा उपचाररत नेता विश्वकर्माको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि शनिबार (आज) आईसीयूबाट भेन्टिलेटरमा सारिएको अस्पतालले जनाएको हो ।
विश्वकर्मालाई यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी ८ दिन होम आइसोलेशनमा बसेका थिए ।
तर, उनको स्वास्थ्यमा थप समस्या बढ्दै गएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पतालमा उपचार गराउदासमेत उनको स्वास्थ्यमा सुधार नभएपछि ग्राण्डी अस्पतालको आईसीयूमा राखिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा