सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कलाकार सुशीला दाहालको निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग जुध्दै आएकी ६७ वर्षीया दाहालको बिहिबार विहान अमेरिकामा निधन भएको हो ।
उनको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा पेल्भिक क्यान्सको उपचार हुँदै आएको थियो । उनले लालपूर्जा, चिरञ्जीवी, भकुन्डे भुत जसता टेलिचलचित्रमा अभिनय गरेकी थिइन् ।
दाहालको निधनप्रति कलाकारहरुले गहिरो दुःख व्यक्त गरेका छन् । वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा