सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । शिवनगरको ऐतिहासिक महादेव मन्दिरबाट हुने लाखौं आम्दानी व्यक्तिले लिदै आएको खुलासा भएको छ । शुक्रवार नेकपाका नेता प्रभु साहले दशैं, दिपावली तथा छठको अवसरमा शुक्रवार गरुडा नगरपालिकाको पोठीयाही तथा कटहरीया नगरपालिकाको कटहरीया र हर्साहामा आयोजित शुभकामना तथा जनचेतना कार्यक्रममा उक्त खुलासा गरेका हुन् ।
रौतहटको गौरवको रुपमा रहेको शिवनगर महादेवको मन्दिरबाट हरेक हप्ता आम्दानी हुने लाखौं रकम व्यक्तिको नीजी खातामा जाने गरेको नागरिकको गुनासो रहेको उनले बताए । सार्वजनिक सम्पत्तिको रुपमा रहेको मन्दिरको पूर्वाधार सरकारले बनाएको, सबै खर्च सरकारले गरेको तर त्यसबाट प्राप्त हुने आम्दानी व्यक्तिले नीजि बनाएपछि नागरिकहरुले व्यापक चिन्ता एवम् आक्रोश समेत ब्यक्त गरे ।
साथै, सरकारी निकायमा हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार, घुसखोरी, कमिशनखोरीप्रति नागरिक निराश एवम् आक्रोशित देखिए । तर कतिपय स्थानीयस्तरको प्रयासबाट भएको विकास देखेर जनता एक हदसम्म उत्साहित एवम् आशावादी रहेको साहको जिकिर छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा