सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वैज्ञानिकले एउटा यस्तो मास्क बनाएका छन् जसले कोरोनाका कणलाई जलाएर भस्म पार्छ । मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआटी) का अनुसन्धानकर्ताले तामाको जाली प्रयोग गरेर यस्तो मास्क तयार पारेका हुन् ।
जसले नाक–मुखबाट निस्कने पानीको सुक्ष्म थोपा (एयरोसोल) मा मौजुद कोरोना भाइरसका अंशलाई जलाएर समाप्त पार्ने बताइएको छ ।
त्यस्तै ब्याटरीबाट सञ्चालित उक्त मास्कको जाली १९४ डिग्री फरेनहाइट (करिब ९० डिग्री सेल्सियस) तातो रहने छ । जुन भाइरसलाई समाप्त पार्न उपयुक्त हुन्छ ।
निर्मातालेले उक्त मास्कको जालीलाई ऊष्मारोधी नियोप्रिनबाट तयार गरि विशेष फ्रेब्रिकमा बन्द गरिएको बताएको छ । ताकि, मास्क प्रयोग गर्ने मानिसको अनुहारमा कुनै नोक्सान हुन नपाओस् ।
अनुसन्धानकर्ताका अनुसार उक्त मास्क प्रयोग पश्चात फाल्ने, धुने या घाममा सुकाउने गर्नुपर्दैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा