सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल अचानक बन्द गरिएको छ ।
राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले खोलिएको @ShitalNiwas ट्विटर अकाउन्ट बन्द गरिएको हो ।
राष्ट्रपतिका प्रेस विज्ञ टीकाप्रसाद ढकालले आफ्नो ट्विटर मार्फत शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल @ShitalNiwas मा समस्या आएको जानकारी गराउनुभएको हो ।
प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको ढकालले ट्वीटरमा उल्लेख गर्नुभएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गरिने उहाँको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा