सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ३४ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । ८ सय ७६ जनाको मृत्यु भएको छ । अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ । वर्ल्डोमिटरको तथ्याक अनुसार कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चौथो, फ्रान्स पाँचौँ, स्पेन छैठौँ, अर्जेन्टिना सातौँ, कोलम्विया आठौँ, मेक्सिको नवौँ र बेलायत दशौँ स्थानमा रहेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित भएकोमा २ लाख ३१ हजार ४५ जनाको मृत्यु भएको छ। यस्तै ५८ लाख ३३ हजार ८ सय २४ जना निको भएका छन् ।दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ।
भारतमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५ सय ३५ पुगेको छ। ७२ लाख १ हजार ७० जनाले कोरोना जितिसकेका छन् ।तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ लाख ५ सय ५० पुगेको छ भने मृत्यु हुनेको १ लाख ५७ हजार ४ सय ५१ जना रहेको छ। यस्तै, ४८ लाख ६५ हजार ९३० जनाले कोरोनामुक्त भएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा