सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे यहि कार्तिक १९ गते नेपाल आउने भएका छन् । नरवणे नेपाली सेनाका प्रधान सेनापती महारथी पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा यही कात्तिक १९ देखि २१ गतेसम्म तीनदिने नेपाल भ्रमणको लागी नेपाल आउन लागेका हुन् । नरवणे ३ सदस्यीय टोलीसहित नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ ।
भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कार्तिक २० गते नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्नेछन् ।
नरवणेले प्रधानमन्त्रि तथा रक्षामन्त्रिसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।
साथै नरवणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने, जंगी अड्डामा सम्मान गारद निरिक्षण तथा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको सैनिक जनसम्पर्क निर्देशानलयले जनाएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर नरवणेले दिएको अभिब्यक्तिको नेपालमा चर्को आलोचना हुदै आएको छ ।
नेपाल र भारतका सेनाध्यक्षले एकार्का देशको महारथी ग्रहण गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ । यसैलेपनि दुई मुलुकका सेनाध्यक्षको एकार्का देशको भ्रमण स्वाभाविकरुपमा लिइन्छ ।
तर, भारतीय सेनाध्यक्ष नरवणेलाई दिन लागेको मानार्थ महारथी दर्जालाई नेपाली सेनाले औपचारिक निमन्त्रणा भनेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा