सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कलाकार मनोज गजुरेलले आफैले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
उनले भनेका छन्, ‘भर्खरै प्राप्त रिपोर्ट अनुसार मेरो शरीरमा कोभिड–१९ पोजेटिभ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत विहीबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो ।’
त्यस्तै, उनले शनिबार ढाडको दुखाई महसुस गरेपछि हिजो (आइतबार) पीसीआर टेस्ट गराएका थिए, भने आज (सोमबार) साँझ मात्रै कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको हो ।
उनले आफू विहीबारदेखिनै आइसोलेशनमा बसेको बताएका छन् । उनले भनेका छन्, ‘बाबु नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ ।”
उनले थप भनेका छन्, ‘मलाई अहिले गाह्रो हुनेखालका सिम्टम्स छैन । तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’
यसका साथै उनले जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रविन्द्र समीरको सुझाव, सल्लाह र कोभिड उपचार गाइडलाइनमा रहेको पनि जानकारी गराएका छन् ।
https://www.facebook.com/majurel/posts/4004277826253190
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा