सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सईद उल शेख/झापा । शनिवार, २४ अक्टूबरका दिन बिहान तीर समीम मिया अन्सारीको मोबाइलको घण्टी बज्छ । घण्टी बजेको मोबाइल समीम मियाले उठाउँदा दुःखद खबर सुन्छन् । फोन गर्ने व्यक्ति जानकारी गराउछन की सुन्धरा स्थित मदनी मस्जिद भूमाफिया र केहि गुण्डाहरु तोड़फोड़ गरिरहेका छन् । यो खबर सुन्न बित्तिकै समीम मिया अन्सारी जुरुक्क उठेर ब्रस पनि नगरेर स्वयं आफु गाड़ी ड्राइव गरेर घट्ना स्थल समय मै पुग्न सफल भयो । मुस्लिम आयोगका अध्यक्ष अन्सारीको सुरक्षामा खटिने जवान अस्वस्थ भएका कारण बिदामा छन । सुरक्षा गार्ड बिना एक्लै घट्ना स्थल जानू पर्ने निर्णय अन्सारीले लिए ।
घट्ना स्थल पुग्न साथ अध्यक्ष अन्सारीको अगाडि डोजरले तोड़फोड़ गर्दै गरेको मदनी मस्जिदको अगाडिको भाग नराम्रो तरिकाले क्षति भएको दृश्य देखियो ।
भूमाफियाहरुले बनाएको डरलाग्दो वातावरण रोक्नका लागि समीम मियां अन्सारीको अगुवाईमा हिम्मत गरेर स्थानीय मुस्लिम युवाहरु, नेकपाका मुस्लिम अगुवा नजीबुल्लाह अन्सारी लगायत प्रशासनको सहयोगले मस्जिद तोड़फोड़ हुन दिन बाट रोक्न सफल भएका हुन् ।
रातोपाटी डटकमको खबर अनुसार : मस्जिद रहेको काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन् ।
बिभिन्न मीडयाको खबर अनुसार डोजर ड्राइवर र महर्जन समूहका एक जनालाई प्रशासनले हिरासतमा राखेका छन् ।
मदनी मस्जिद तोड्ने (शहीद) प्रयास यो पहिलो पटक भएको होइन । आज भन्दा लगभग २० साल अगाडि भूमाफियाहरुले मस्जिद तोड्ने सारा शक्ति प्रयोग गरेका थिए तर त्यति बेला एक साहसी निडर मुस्लिम नेता एवं मन्त्री स्व. मिर्जा दिल सादवेग ज्युले मस्जिद शहीद हुन दिन बाट बचाएका थिए । त्यति बेला स्व. मिर्जादिल सादवेग ज्यु हुनुहुन्थ्यो भने अहिले मुस्लिम आयोगका अध्यक्ष समीम मीयां अन्सारी ज्यु हुनुहुन्छ ।
मुस्लिम युवाहरु सामाजिक सञ्जालमा लेख्छन् : नेकपाका मुस्लिम लीडर, कांग्रेसका मुस्लिम लीडर ,जसपाका मुस्लिम लीडर लगायत मुस्लिम समुदायका सांसदहरु समेत घट्ना स्थलमा के भएको थियो, के हुदैछ अब के हुन्छ भन्ने विषयमा बुझ्नको लागि पनी समय दिन सकेका छैनन् ।
तोड़फोड़ भएको मदनी मस्जिदको पुर्ननिर्माणका लागि सुन्धराका मुस्लिम युवाहरु, सुन्धरा क्षेत्र बाहिरका मुस्लिम युवाहरु जस्तै हाजी हुसैन जी, नेकपाका मुस्लिम अगुवा नजीबुल्लाह अन्सारी, साइल अन्सारी , मस्जिद समितिका पदाधिकारीहरु र मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारी स्वयं मजदूर सरह मस्जिद पुर्ननिर्माणका लागि पसीना बगाईरहेको छ ।
समाजिक सञ्जालमा समीम मियां अन्सारीको खूब चर्चा हुदैछ । मुस्लिम युवाहरु समीमलाई निडर र साहसी मुस्लिम अगुवा भनेर पोस्ट गरिरहेका छन् । सामाजिक सञ्जाल मार्फत समीम मियांलाई धन्यवाद व्यक्त गर्दै आउने दिनमा यसरी नै समाजका लागि योगदान दिदै गर्नु भनेर पोस्टहरु गरिरहेको देखिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा