सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले खर्च गर्न सक्ने क्षमता छैन भन्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उपचार खर्च बेहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै निजी, सरकारी, सामुदायिक सबै किसिमका अस्पताललाई निर्देशन दिएको हो ।
कतिपय अस्पतालले कोभिड–१९ का बिरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट वञ्चित गरेको गुनासो आएपछि आइतबार मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)का कोअर्डिनेटर डा. गुणराज लोहनीले विज्ञप्ति जारी गरी निर्देशन दिएका हुन् ।
गरिब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिकको उपचार सरकारले निःशुल्क गर्ने र यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने भन्दै लोहनीले यस विपरीत काम गरे अस्पतालहरु स्वयं जिम्मेवार हुने बताएका छन् ।
उनले सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै उपचार खर्च बेहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्न भनेका छन् ।
‘गरिब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिकको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र बिरामहरुका तर्फबाट स्वयं घोषणा भए मात्र पपिन मान्य हुने र सो उपचारबापतको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नेबारेको सूचना सबैको जानकारीका लागि सार्वजनिक भएकै छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस विपरीत कार्य गर्ने गराउने गरी बिरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयं अस्पताल नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा