सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।
२०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन पार्टीले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान समारोह यसपालि कोभिड–१९ को कारण नगर्ने निर्णय पार्टीले गरेको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी सोको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण यस वर्षकोे कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा