सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताए । यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा