सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले जनताहरुले आशुरी र भष्माशुरी प्रवृक्तिबाट उन्मुक्ति चाहिरहेका बताएका छन् ।
विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले संकटको घडीमा समेत नेपाली जनताले अभिभावकत्व पाउन नसकेको जीकिर समेत गरेका छन् । संकटका बेला जनताको जीवन रक्षामा सरकारले ब्यवस्थापकीय कौशल देखाउन नसक्दा आम नेपालीले दुःख पाएको पूर्वराजाको भनाइ छ ।
घुमाउरो पारामा संघीयता र गणतन्त्रको विरोध गर्दै पूर्वराजा ज्ञानेन्द्रले मुलुकको शासन प्रणाली नेपाली संस्कृति र प्रकृति सुहाउँदो भएमात्र राष्ट्र र जनताले सुख र समृद्धि प्राप्त गर्ने बताएका छन् । राहत रोजगार र रोगको उपचार खोज्दै भौतारिएका जनतालाई सरकारले भरपर्दो आड र आधारको महशुस गराउन नसकेको भन्दै ज्ञानेन्द्रले असन्तुष्टि ब्यक्त गरेका छन् ।
नेपाललाई चिनेर नेपालकै बारेमा सोचेर मात्र उज्यालो नेपाल निर्माण गर्नसकिने भन्दै पूर्वराजाले यसवर्षको दशैंमा नवदुर्गा भवानीेले सबैलाई राष्ट्रभक्तिको बाटो देखाउन् भनी शुभकामना दिएका छन् । कोरोना महामारीका कारण उल्लाशमय रुपमा दशैं मनाउने वातावरण नभए पनि रोगसंग जोगिएर पर्व मनाउन उनले आम नेपालीमा शुभकामना समेत ब्यक्त गरेका छन् ।
यस्तो छ पूर्व राजा ज्ञानेन्द् शाहको शुभकामना विज्ञप्ति :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा