सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ । जवरजस्ती करणी उद्योगका तिन जना फरार प्रतिबादीहरुलाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान-७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल र २३ बर्षीय मन्जित मण्डल रहेका छन ।
उनिहरुलाई हिजो राती ८ बजे आफ्नै गाँउ घर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका तिनै जनाले मिति-२०७६ साल साउन १५ गते राती ११ बजे मोरङकै १३ बर्षीया र १९ बर्षीयालाइ जवरजस्ती करणी उद्योग गरी फरार रहेका थिए ।
प्रहरीको निग्रानीमा रही पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा