सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना महामारीले संसारका करोडौं मानिसलाई गरिबीमा धकेलेको छ । यसले जनजीवनलाई अकल्पनीय कष्टकर बनायो । तर यही महामारी कसैका लागि भने बरदान साबित भएको छ ।
चीनका अति धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप आर्जन गरेको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका पाँच वर्षमा गरेको मुनाफाभन्दा बढी हो ।
ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाढ्यलाई थप धन आर्जनको अवसर मिलेको उक्त अनुसन्धानले देखाएको छ ।
अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अर्बपतिहरूको समूहमा थप २५७ व्यक्ति सामेल भएका हुरुन रिपोर्टले देखाएको छ ।
उक्त अध्ययन अनुसार चीनमा हाल ८७८ व्यक्ति अतिधनाढ्य अर्बपतिको सूचीमा छन् । सन् २०२० को सुरु अर्थात फेब्रुअरीमा अमेरिकामा ६२६ व्यक्ति अर्बपतिको सूचीमा सूचीकृत हुनुका साथै विश्वका धेरै धनी व्यक्तिको समूहमा अमेरिका नै अग्रस्थानमा थियो ।
चीनमा यो वर्षको अगस्टसम्ममा दुई हजारभन्दा बढी अर्बपति थपिएका छन् । उनीहरूसँग दुई अर्ब चिनियाँ युआन अर्थात ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । समग्रमा उनीहरूले चार ट्रिलियन अमेरिकी डलर मुनाफा कमाएका थिए ।
प्रसिद्ध चिनियाँ ई–कमर्स सेवा अलिबाबाका संस्थापक ज्याक माले यो वर्ष करिब ४५ प्रतिशत बढी सम्पत्ति आर्जन गरेको प्रक्षेपण गरिएको छ । यो अनलाइन व्यापार कम्पनीका मालिक ज्याकले यो वर्षमा अनलाइन व्यापारबाट मात्रै ५८.८ अर्ब सम्पत्ति जोडेका उल्लेख गरिएको छ ।
अनलाइन भिडियो खेलका मालिक पोनी मा तथा विच्याटका मालिक टेन्सेन्टलेले अमेरिकी प्रतिबन्धको चेतावनीबीच पनि थप ५० प्रतिशत अर्थात ५७.४ अर्ब अमेरिकी डलर आर्जन गर्दै ज्याक मालाई पछ्याएको सूचीमा उल्लेख छ ।
चिनियाँ बोतलको ‘ब्रान्डेड पानी’ नोङ्फुका संस्थापक ६६ वर्षीय झोङ साङसानले ५३.७ अर्ब अमेरिकी डलर अर्थोपार्जन गरी चिनियाँ अतिधनाढ्य सूचीमा तेस्रो स्थानमा पर्न सफल हुनुभएको छ ।
‘विश्वले यति धेरै सम्पत्ति केवल एक बर्षमा आर्जन गरेको देखेको छैन,’ हुरुन रिपोर्टका प्रमुख अनुसन्धानकर्ता रुपर्ट हुगेवर्फले एक विज्ञप्तिमा भनेका छन् । यस वर्षको सूचीले चीन निर्माण र घर जग्गाजस्ता ‘परम्परागत क्षेत्रहरू’बाट नयाँ अर्थतन्त्रतर्फ गइरहेको देखिएको उनले बताए ।
खाद्य सामग्री वितरण सेवा मेतुआनका संस्थापक वाङ सिंग आफ्नो सम्पत्ति चार गुणा बढाएर २५ अर्ब डलरको साथ सूचीमा ५२औं स्थानबाट १३ औं स्थानमा पुगेका छन् भने अनलाइन सपिङ सञ्जाल जेडी डटकमका संस्थापक रिचार्ड लियू आफ्नो पैसाको दोब्बर २३.५ अर्ब डलर कमाउन सफल भएको देखिन्छ ।
यसरी हेर्दा विश्व महामारीबाट आक्रान्त बनिरहेका समय पनि चिनियाँ ठूला व्यवसायीहरूले आफ्नो व्यवसायबाट व्यक्तिगत समृद्धिको यात्रामा निरन्तर लाभ लिएको देखिन्छ ।
यी कम्पनी तथा व्यवसायीबाहेक चीनमा खास गरी कोभिड–१९ विरुद्धको खोप उत्पादनमा काम गरिरहेका औषधि तथा चिकित्सकीय सामग्री उत्पादन कम्पनीहरूले पनि उल्लेख्य लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले संक्रमण नियन्त्रणमा रहेको देखिएपछि यस वर्ष अर्थव्यवस्था विस्तार हुने एक मात्र प्रमुख मुलुक चीन बन्ने बाटोमा रहेको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा