सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा आइएमई समूहका अध्यक्ष ढकालले उम्मेदवारी दर्ता गराएका छन् । ढकालसहित उनको प्यानलका उपाध्यक्षहरुले मंगलबार महासंघको सचिवालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दिएका छन् ।
आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो क्रममा वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदाधिकारी र कार्यसमिति सदस्यको निर्वाचन हुँदैछ ।
महासंघको विधानमा साबिकका वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान रहेकोले अध्यक्षको भने निर्वाचन हुँदैन । यसकारण पछिल्लो समय महासंघमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुन थालेको छ ।
आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षमा ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । प्रधानले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले औपचारिक रुपमा उम्मेदवारी दिन बाँकी छ ।
आगामी कार्यकालमा अध्यक्ष हुने पक्का भइसकेका शेखर गोल्छाले प्रधान समूहलाई काखी च्यापेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा