सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना भाइरस रोक्ने उद्देश्यको लकडाउनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ ।
उक्त परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी पालना गर्दै सञ्चालन गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कार्यालयले बुधबार परीक्षा तालिका प्रकाशित गरेको हो । परीक्षा बिहान ८ः०० बजेबाट सुरु हुने सूचनामा उल्लेख छ ।
कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था हुने कार्यालयले जनाएको छ । यसअघि वैशाख ८ गतेबाट सञ्चालन गर्ने तयारी रहेको परीक्षा चैत ११ बाट देशव्यापी लकडाउन भएपछि स्थगित गरिएको थियो ।
कक्षा ११ को हकमा भने विद्यालयको आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय भइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा