सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १३ हजार ८६१ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ नतिजा आएको हो ।
यस अवधिमा घना आवादी रहेको काठमाडौं उपत्यकामा १७०२ संक्रमित थपिएका छन् । काठमाडौंमा १४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना थपिएका हुन् ।
नयाँ अपडेटसँगै देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुगेको छ । तीमध्ये संस्थागत आइसोलेसमा १३ हजार ५ सय ५९ र होम आइसोलेसनमा २८ हजार १ सय ९६ जना रहेको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा २१०८ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
अब नेपालमा कुल संक्रमित संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । यो २४ घन्टामा ८ जना संक्रमितको निधन भएको छ । अब मृतक संख्या ७६५ पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा