सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले सबै कोरोना संक्रमितको पिसिआर परीक्षण र उपचार गर्न निःशुल्क नसक्ने घोषणा गरे पनि विपन्न, अशक्त र ज्येष्ठ नागरिक तथा अग्रपंक्तिमा खटिने कर्मचारीको हकमा भने निःशुल्क उपचार गर्ने जनाएको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अशक्त, अपांगता भएका, एकल महिला र ज्येष्ठ नथा अग्रपंक्तिका कर्मचारी छुट्याउने आधार तयार गरी सबै अस्पतालहरुलाई परिपत्र गरेको छ ।
मन्त्रालयले विपन्नको रुपमा निःशुल्क स्वास्थ्य सेवा पाउन विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशिका अनुसारको सिफारिस एवं घोषणा मध्ये एक हुनुपर्ने जनाएको छ ।
त्यसैगरी, अशक्त व्यक्तिले अशक्तताको प्रमाणपत्र वा स्वयं घोषणा गर्नुपर्नेछ । असहायको हकमा पनि सिफारिस वा स्वयं घोषणा हुनुपर्ने मन्त्रालयको परिपत्रमा उल्लेख छ ।
असहाय र एकल महिलाले एकल महिलाको प्रमाणपत्र वा स्वयं घोषणा पेस गर्नुपर्ने बताइएको छ । अति अपांगता भएको व्यक्तिले सोको प्रमाणपत्र पेस गरेपछि निःशुल्क सेवा पाउनेछ ।
ज्येष्ठ नागरिकको हकमा ७० वर्ष पुगेको नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा आवश्यक पर्ने बताइएको छ ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको हकमा सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा