सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैंको समयमा अत्यावश्यकवाहेका घर बाहिर ननिस्कन आग्रह गरेको छ।
उपत्यकामा कोरोना संकमण दिनानुदिन बढ्दै गएपछि दसैँको समयमा धेरै चहलपहल हुने भएकाले महामारी झनै फैलने भन्दै सचेत रहन अनुरोध गरेको हो।
काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा बसेर पर्व मनाउन आग्रह गरिएको छ। प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
साथै, चाडपर्वमा महामारी नफैलियोस् भन्नको लागि भदौं ३१ गते जिल्ला प्रशासनले जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा