सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने १२ वटा सुझाव प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जाल मार्फत डा. पाण्डेले सरकारका लागि सुझावहरू पेश गरेका हुन् ।
यस्तो छ डा. पाण्डले औल्याएका स्वास्थ्य मन्त्रालयले गर्नु पर्ने निर्णय :
१. सरकारी अस्पतालमा परिक्षण तथा उपचार पुरै निशुल्क हुनेछ |
२. नीजि अस्पतालले सरकारले तोकेको भन्दा बढी उपचार शुल्क लिन पाउने छैन |
३. होम आइसोलेसनमा कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था राज्यले दिने छैन | अपवाद स्वरूप मृत्यु भएमा सरकारले शब ब्यबस्थापन गर्नेछ |
४. यी मेडिकल कलेजहरु, यी ठूला नीजि अस्पतालहरु र यी ठूला सरकारी अस्पतालहरुलाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा परिणत गरिएको छ |
५. यी साना अस्पताललाई नन कोभिड अस्पतालको रुपमा परिणत गरिएको छ |
६. नीजि अस्पतालको २० % सिट न्यून आय भएका व्यक्तिलाई निशुल्क उपचार गर्न छुट्याइएको छ |
७. पिसिआर टेस्टको शुल्क एक हजार कायम गरिएको छ |
८. सरकारले RT PCR, Pool Method, Direct PCR, Antigen kit, Antibody test, chest x ray, CT scan लगायत सबै मेथड अपनाएर परिक्षणको दायरा ब्यापक बनाइनेछ | संक्रमितलाई होम आइसोलेसन, संस्थागत आइसोलेसन तथा कडा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा राखेर कोरोना संक्रमण समुदायमा सर्न दिइने छैन |
९. निम्न आय भएका बर्गलाई मास्क, साबुन तथा ठोस राहत स्थानीय निकाय मार्फत उपलब्ध गराइनेछ | व्यवसायीलाई कर तथा लोनमा सहुलियत दिइनेछ |
१०. हरेक बस्ती, टोल, गल्ली, चोक, तरकारी बजार, बस लगायत भीडभाड हुने ठाउँमा सबै प्रकारका सुरक्षाकर्मी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड अनुगमन, निगरानी तथा कार्यान्वयन गराइनेछ |
११. अनियमितताको आरोप लागेका व्यक्तिहरुलाई छानबिन गरेर असुलउपर गरिनेछ |
१२. ब्यापक रुपमा नागरिक परिचालन गरेर जनचेतना महाअभियान संचालन गरिनेछ |
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा