सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसददे दसैं भत्ता फिर्ता गर्ने भएका छन् । पार्टीका शीर्ष नेताबीचको टेलिफोन छलफलपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार संसदीय दल दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णय गर्ने तयारीमा छ । संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुलाई विवादित दसैं भत्ता फिर्ता गर्न निर्देशन दिइसकेको खाँडको भनाइ छ ।
कोरोना महामारीले लाखौं जनता भोकभोकै बसेको बेला सांसदहरुलाई दसैं भत्ता दिइएपछि जनस्तरबाट व्यापक विरोध भएको थियो । सचेतक खाँड लगायत सांसदहरु प्रकाशमान सिंह र गगन थापाले यसअघि नै दसैं भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् ।
चैतदेखि तलब समेत नदिएका सत्तारुढ नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पनि दसैं भत्ता नलिने घोषणा गरिसकेका छन् ।
यता, काँग्रेस सांसदहरुले संसदीय दलले नै निर्णय गरेर दसैं भत्ता फिर्ता गर्नुपर्ने आवाज उठाएपछि पार्टीले संस्थागत निर्णय गर्न लागेको बताइएको छ ।
मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।
कानुनी व्यवस्था नगरी मन्त्रिपरिषद्कै निर्णयका आधारमा सचिवालयले सांसदलाई दसैं खर्च दिएको थियो ।
यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्ति :
प्रेस विज्ञप्ति
१. कोभिड १९ (कोरोना भाईरस) बाट देशभर दिन प्रति दिन संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेको अवस्थामा परीक्षण र उपचारको दायरालाई बढाउँदै जानु पर्नेमा त्यसको ठिक विपरित नेपाल सरकारको कोरोना भाइरसको परीक्षण र उपचार स्वयं नागरिकले आफै गर्नुपर्ने तथा संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने जस्ता गैरजिम्मेवार तथा गलत निर्णयले यो महामारीले विकराल रुप लिने हुँदा नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ ।
सम्मानित सर्वोच्च आदलतको कोरोना भाइरस परीक्षण र सम्पूर्ण उपचार निःशुल्क गर्नु भन्ने आदेशलाई समेत सरकारले अवज्ञा गर्दै जनहित विपरितको निर्णय गरेको छ । संविधान, कानून तथा अदालतको आदेश समेत सरकारले पालना नगरे कस्ले गर्ने ? कोरोना भाइरस एक महामारी संक्रामक रोग भएको कारणले यसको परीक्षण र उपचारको दायित्व सरकारको हो । सरकारले हालै गरेको निर्णयले भोलिका दिनमा भयावह स्थिति सृजना हुने निश्चित छ । तसर्थ, आमनागरिकको जीवन माथि नै खेलवाड हुने गरी गरिएको निर्णयलाई तत्काल सच्याउन जोडदार माग गर्दै जनता प्रति उत्तरदायी, संवेदनशील र गम्भीर बनी आमनागरिकको जीवन रक्षामा अग्रसर हुन सरकारको ध्यानाकर्षण गराउँदछौं ।
२. कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराईएको दशै भत्ता वापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ । उक्त रकम वापत हुन आउने (रु ४३,२०,८१०।– त्रिचालिस लाख बीस हजार आठ सय दश) जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गर्दछ ।
जय नेपाल !
बालकृष्ण खाण
प्रमुख सचेतक
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा