सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकार संसदीय व्यवस्थालाई बदनाम गराउन लागेको आरोप लगाएका छन् ।
उनले विज्ञप्ती जारी गर्दै सांसदलाई दशैं भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । उनले भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको आरोप लगाए ।
नेता सिंहले नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरेर सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गरेका छन् । उनले दसैँ भत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने जानकारीसमेत गराएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा