सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका– ५ स्थित रेशम कोठीको गणेश अपार्टमेन्टमा छापा मारेर प्रहरीले साढे २२ किलोग्राम सुन बरामद गरेको हो । सो फल्याटमा दिउँसो साढे एक बजे छापा मार्दा २२ किलो ५७६ ग्राम सुनको विस्कुट र ६८१ ग्राम सुनका गहना बरामद भएको पत्रकार सम्मेलनमा पर्साकी एसपी गंगा पन्तले बताउनुभयो । सोही क्रममा करीब दुई किलो २६२ ग्राम तौल बराबरका चाँदिका समान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुन बरामद भएको कोठामा भारतीय नागरिक अशोक सिन्हा बस्दै आएका थिए ।
प्रहरीले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । उक्त सुन कसको हो र कहाँ लगिँदै थियो भन्नेबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा