सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न चीनद्वारा निर्मित भ्याक्सिन सुरक्षित रहेको वैज्ञानिकहरुको अध्ययनले देखाएको छ । १८ देखि ८० वर्षका व्यक्तिमा गरिएको परीक्षणमा उक्त खोपको परिणाम राम्रो पाइएको हो । ती मानिसमा गरिएको परीक्षणमा उक्त खोपलाई सुरक्षित पाइएको र त्यसले कसैलाई कुनै किसिमको असर नगरेको बताइएको छ । साथै उक्त खोपले एन्टिबडी बनाउन समेत मद्दत गरेको उल्लेख छ ।
चिकित्सा क्षेत्रसँग सम्बन्धित सूचना तथा अनुसन्धान प्रकाशित गर्ने बेलायती मेडिकल जर्नल लान्सेटमा प्रकाशित रिपोर्टमा सो कुरा बताइएको छ ।
लान्सेट जर्नलको रिपोर्ट अनुसार, चिनियाँ कोरोना भ्याक्सिन बिबिआइबिपी–कोरभीले कोरोना भाइरसलाई पूर्ण रुपमा निष्क्रिय गर्ने अनुमान गरिएको छ । लान्सेटले यसअघि अर्को चिनियाँ भ्याक्सिका विषयमा यस्तै प्रतिक्रिया दिएको थियो । उक्त खोपले कोभिड १९ नाम दिइएको प्राणघातक रोग निम्त्याउने सार्स–कोभ–२ भाइरसलाई निष्क्रिय गर्छ । तर उक्त अध्ययनले भ्याक्सिनको परीक्षण ६० वर्षभन्दा कम उमेरका मानिसमा मात्र गरेको थियो ।
द लान्सेट इन्फेक्सियस डिजिज जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो भ्याक्सिनको परीक्षण १८ देखि ८० वर्षको व्यक्तिमा गरिएको थियो र सबैमा खोपले एन्टिबडी तयार गरेका थियो ।’
बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस कम्पनी लिमिटेडसँग सम्बद्ध अध्ययनका लेखक सिआओमिङ याङले बिबिआइबिपी–कोरभीले ६० वर्षभन्दा बढी उमेरका व्यक्तिमा पनि रोगसँग लड्ने क्षमता (एन्टिबडी) उत्पादन गरेकाले यसलाई निकै उत्साहजनक भनेका छन् ।
बिबिआइबिपी–कोरभी खोप चीनमा भेटिएका कोरोना बिरामीबाट लिइएको भाइरसको नमुनामा आधारित छ । ती भाइरसलाई सेल लाइन प्रयोग गर्दै ल्याबमा हुर्काइएको थियो । पछि बेटा प्रोप्रिओनालाक्टोन नामको रसायन राखेर तिनलाई निष्क्रिय बनाइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा