सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । लाइफ इन्स्युरेन्स कर्पोरेसन (एलआईसी) नेपालले म्याद नाघेका ब्यतीत बीमालेखहरु नबिकरण गर्दा लाग्ने बिलम्ब शुल्क छुट दिने भएको छ ।
बिलम्ब शुल्क (ब्याज) मा ३५ प्रतिशत वा २५ हजार रुपैया जुन कम हुन्छ सो रकम छुट हुने कम्पनिले जनाएको छ ।
चालु आ.ब. २०७७/७८ मा परिपक्क हुने बीमालेखहरुमा यो छुट सुबिधा प्रदान हुने छैन ।
एलआईसी नेपालले आज एक सुचना प्रकाशित गर्दे नबिकरण अवधि पनि २ महिनाका लागि थप गरेको छ । अब बिभिन्न कारणहरुले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका ब्यतीत बीमालेखहरु नबिकरण कार्तिक १ गतेदेखि पुष ३० गते कार्यालय समय भित्र बुझाउदा छुट पाउन सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा