सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साउदी अरेबियामा रहेको नेपाली राजदूतावासका कर्मचारी नै कामदार ठगीमा संलग्न रहेको पाइएको छ ।
दूतावासका कर्मचारी विमलेशकुमार मिश्रले चार्टर्ड बिमानबाट स्वदेश फर्कादिने र भिसा लगाइदिने भन्दै त्यहाँ रहेका कामदार ठग्ने गरेको प्रवासी नेपाली एकता मञ्चले जानकारी दिएको छ । मञ्चले मिश्रबाट ठगिएका व्यक्तिलाई रकम फिर्ता गराइएको पनि जनाएको छ ।
मञ्चका अनुसार मिश्रले साउदीको दमाम क्षेत्रमा रहेको अजमिल कम्पनीका ३० नेपालीसँग चार्टर्ड उडानबाट स्वदेश फर्कादिने भन्दै जनरही तीन सय साउदी रियाल (करिब ९ हजार ३०० रुपैयाँ) उठाइरहेका थिए । मिश्रले सोझासिधा कामदार ठगेको थाहा पाएपछि मञ्चले उक्त रकम फिर्ता गराएको जनाएको छ ।
मिश्रले रकम लिन थालेपछि पीडितले मञ्चलाई जानकारी गराएका थिए । त्यसपछि मञ्चका केन्द्रीय सदस्य रामचन्द्र वाग्ले, खोबर क्षेत्रीय कमिटीका अध्यक्ष रमेश गिरी र केन्द्रीय सदस्य हरि बुढाथोकीको पहलमा ठगिएको रकम फिर्ता गराइएको मञ्चले जनाएको छ ।
मञ्चले ठगीमा संलग्न मिश्रलाई छानबिन गरी कानुनी कारवाही गर्न दूतावासलाई पत्र लेखेको छ । तर दूतावासबाट उनलाई कारवाही भएको वा घटनाको छानबिन भएको विषयमा मञ्चलाई जानकारी नआएको वाग्लेले बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा