सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राजनीतिक नियुक्तिहरुमा विवादास्पद व्यक्तिहरुलाई मौका दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेललाई अर्थ मन्त्रालय सुम्पिएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा तीन नयाँ अनुहार थप गर्दै जिम्मेवारी समेत हेरफेर गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गरेको उनको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैंले लिएका छन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।
रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन् । पौडेल, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ अनुहार हुन् । अन्य मन्त्री र उनीहरुको कार्यभार यथावतै छ ।
अर्थमन्त्रीमा नियुक्ति पाएका पौडेलले गैरकानुनी रुपमा व्यक्तिको नाममा ल्याइएको बालुवाटारको सरकारी जग्गाबाट आठ आना छोराको नाममा किनेका थिए । जग्गा प्रकरण चर्किंदै गएपछि उनले उक्त जग्गा फिर्ता गर्ने घोषणा गरेर अख्तियारको छानबिनबाट फुत्किएका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा