सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआइसी एसिया बैंकले दसैं, तिहार, नेपाल संवत एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले ‘आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण’ डिजिटल उत्सव योजना सार्वजनिक गरेको जनाएको छ । उक्त योजना अनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि ५ मंसिर सम्म १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरको किनमेलमा डिजिटल भुक्तानी गर्दा आकर्षक नगद छुट तथा नगद फिर्ता पाउने बैंकले जनाएको छ ।
एनआइसी बैंकका मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरमा ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याक पाउने बैंकले जनाएको छ ।
बैंकका अनुसार सिजी, पाल्सोनिक, ब्रदरहुड, इलेक्ट्रोन, यासुडा, जेजे ज्वेलर्स, अस्री ज्वेलर्स, सिल्भर स्टेट, सिभिलम मल, सिटी सेन्टर, केटिएम सिटी, सिटिभी मोबाइल, ए टू जेड अनलाइन, एसी डिसी मोबाइल, भिजी अटोमोबाइल्स, निउ, ह्याकुला, केएफसी र सिम्रिक एयरमा छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुस गर्दै चाडपर्वको अवसरमा ग्राहकलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास छ । चाडपर्वको कोसेलीस्वरूप ल्याइएको उक्त योजनाले आम ग्राहकको समेत डिजिटल कारोबारमा पहुँच पुग्ने र नगदरहित कारोबार विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।
बैंकले ल्याएको ‘डिजिटल उत्सव’ योजना अन्तर्गत ग्राहकले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायतमा नगद छुट तथा क्यास ब्याक पाउनेछन् ।
बैंकले अनलाइन किनमेललाई प्रोत्साहन गर्न सस्तो डिल, ग्यापु मार्केटप्लेस, ठूलो पसल, इन्फिस्टोर, ओकेदाम र कालमार्ट जस्ता ई–कमर्सबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना पनि १ कात्तिकसम्म लागू गरेको छ ।
त्यसैगरी, ग्राहकले मोब्यांकबाट भुक्तानी गर्दा ह्याप्पी हावर योजनाबाट ४०० सुपर सिक्स क्याम्पेन योजनाबाट ५०० अनलाइनबाट खाता खोली पहिलोपटक मोब्यांकमार्फत कारोबार गर्दा ५०० रुपैयाँ गरी मासिक रुपमा १४०० सम्म नगद फिर्ता योजना समेत बैंकले सञ्चालन गरिरहेको छ ।
साथै बैंकले आफ्ना मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई समेत देशभरका २३ सयभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा