सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । पोर्चुगल फुटबल टिमका स्टार स्ट्राइकर रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । युइएफए नेसन्स लिग चलिरहँदा राष्ट्रिय टोलीमा रहेका रोनाल्डोलाई कोरोना भएको पोर्चुगिज फुटबल महासंघले मंगलबार पुष्टि गरेको हो।
टोलीका अन्य सदस्यमा भने संक्रमण नदेखिएको महासंघले जनाएको छ।
स्पेन र फ्रान्सविरुद्ध राष्ट्रिय टोली पोर्चुगलबाट खेलेको भोलिपल्ट गरिएको परीक्षणमा रोनाल्डोलाई संक्रमण देखिएको हो ।
कोरोना पोजिटिभ देखिएलगत्तै उनले टिमबाट बाहिरिएको र बुधबार स्वीडेनसँगको खेल पनि छुटाउनु पर्ने भएको जनाइएको छ ।
रोनाल्डोमा लक्षण नदेखिएको र आइसोलेसनमा बस्न घर पठाइएको जनाइएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा