सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको कर्णाली प्रदेशका मुख्य मन्त्रि महेन्द्र बहादुर शाहि विवाद सहमतिमा आएको छ । दलका नेता समेत रहेका मुख्यमन्त्रि शाहीविरुद्ध अघि सारिएको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह फिर्ता भएपछि हाललाई संकट टरेको हो ।
मङ्गलबार बिहान बसेको नेता नेपाल पक्षधर सांसद र केन्द्रबाट खटिएर गएका नीरज आचार्यसहितको छलफलबाट अविश्वासको प्रस्तावबाट पछि हट्ने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो । नेपाल समूहले हस्ताक्षर फिर्ता लिएपछि संकट समाधानतर्फ गएको हो । नेता नेपाल पक्षका सातजना हस्ताक्षरकर्तापछि हटेपछि यामलाल कँडेलको समूह एकछिन भेला भएर हिँडेका छन् । नेपाल समुहका सांसद र शाहीबीच विहान भएको छलफलमा मन्त्रीपरिषद् पुनर्गठन गर्ने सहमति बनेको थियो । सहमति अनुसार नै नेपाल पक्षको समुहले तीन जनाको नाम मन्त्रीका लागि पठाएको छ ।
नेपालनिकट भौतिकमन्त्री खड्गबहादुर खत्री बैंकिङ कसुरमा मुछिएपछि मुख्यमन्त्री शाहीले बर्खास्त गरेका थिए । अर्को मन्त्री नियुक्त नगरी आफैं मातहत राखेपछि विवाद चर्किएको थियो । त्यही मन्त्रालय पूर्ति गर्ने कि, अरू पनि पुनर्गठन गर्ने भन्ने समझदारी नजुटिसकेको र केन्द्रबाट निर्देशनको प्रतीक्षामा रहेको एक नेताले बताउनु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा