सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बझाङ । बित्थडचिर गाउँपालिका– ६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बित्थडचिर – ६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन् । उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
हँसियाले लालुको टाउको र हात तथा चन्द्रसिंहको गर्धन र पिँठ्युमा गम्भीर चोट लागेको छ । घाइते दुवैलाई उपचार हुन गराउन नसकेपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रले धनगढी रेफर गरेको छ । अभियुक्त नाथलाई प्रहरीले भाग्ने क्रममा बझाङको धरानबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चैनपुर ल्याएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा