सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनुभएको छ । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहीले जानकारी गराउनुभयो ।
मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी यसअघि पनि सचेतक रहनुभएको प्रदेश सांसद सीता नेपालीलाई दिनुभएको छ । यस विषय पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।
आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले सोमबार नै दलको बैठक बोलाउनुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा