सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । समाजवादी पार्टीबाट निस्कासित पुर्व प्रतिनिधि सभा सांसद सरिता गिरीले सरकारले उत्तरतर्फको सिमाना सुरक्षा गर्न नसकेको आरोप लगाएकी छिन् ।
शनिबार तराई मधेश वृहत् लोकतांत्रिक मोर्चाको संयोजक समेत रेहकी गिरिले प्रेस विज्ञप्ति निकाल्दै सगरमाथामाथि पनि चीनले अधिपत्य जमाईरहेको भन्दै उहाँले सरकार यस विषयमा मौन रहेको आरोप लगाएकी हुन् ।
उनले नेपाल चीन सीमाना मा रहेका सीमा स्तम्भ को अनुगमन गर्न गएको नेपाली टोली ५,६,७ र ८ को अनुगमन गरी ९ नम्बर को सीमास्तम्भ नजीक पुगे पछि चिनिया सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अनुगमन टोली माथि अश्रु ग्यास प्रहार गरेको कुरा मिडिया आएको बताउदै उनले यस किसिमको नीतिको घोर विरोध गर्दे यस घटना बारे सरकारले तुरुन्त जनता लाई आधिकारिक जानकारी गराउन माग समेत गरेकी छिन ।
हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाएको भन्दै उनले सरकारले उत्तरी सीमानाको सुरक्षा गर्न नसकेको आरोप लगाइन।
‘यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल–चीन बीचको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भने सरकारले १९५० को भारतसँगको मित्रता र शान्ति सहमतिअनुसार भारत सरकारको सहयोग लिई पनि सिमानाको सुरक्षा गर्न माग गर्दछु’ उनले भनिन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा