सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । विश्व स्वास्थ्य सगठन, संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ) र उनका सहयोगी संगठनले कोरोना भाइरसको बढ्दो प्रकोपलाई लिएर चिन्ता ब्यक्त गरेका छन् । यी संगठनले भनेका छन कि कोरोना भाइरसबाट गर्भवती महिला र उनको गर्भको लागी खतरा लगातार बढ्दै गईरहेको छ । डब्ल्यूएचओले दिएको जानकारी अनुसार, यदि कोरोना भाइरस बीमारी बढिरहने हो भने हरेक १६ सेकेन्डमा एक मृत बच्चा जन्मनेछ ।
यसको अलावा संगठनले भनेको छ कि हरेक बर्ष २० लाखभन्दा बढि स्टिलबर्थको घटना सार्वजनिक हुनेछ । गर्भाधानको २८ हप्ता वा त्यसपछि मृत शिशु जन्मने वा प्रसवको दौरान यदि शिशुको मुत्यु भएमा, त्यो अवस्थालाई स्टिलबर्थ भनिन्छ ।
डब्ल्यूएचओको रिपोर्टमा भनिएको छ कि स्टिलबर्थको धेरैजसो घटना विकासशील देशसँग जोडिएको छ । विश्व स्वास्थ्य संगठनले आफनो एक रिपोर्टमा भनेको छ कि हरेक बर्ष २० लाख बच्चा मृत जन्मने गर्दछन् । यसको अलावा यूनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले यदि कोरोनाको घटना यसरी नै बढ्दै गएमा हरेक १६ सेकेन्डमा कुनै न कुनै महिलाले यसको सामना गर्नु पर्ने हुन्छ भनेकी छिन ।
उनले भनेका छन् कि यस्तो घटना रोक्नको लागी पेशगत चिकित्सक, उत्कृष्ट निगरानी र प्रसव भन्दा पहिला राम्रोसँग हेरचाह आवश्यक पर्दछ । रिपोर्टमा जानकारी दिइएको छ कि संक्रमणको कारण स्वास्थ्य सेवा ५० प्रतिशतसम्म घटेको छ, यसकारण अगिल्लो बर्ष ११७ विकासशील देशमा २० लाख भन्दा बढि स्टिलबर्थको घटना हेर्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा