सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विसं २०७७ को विजयादशमी दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । देश तथा विदेशमा बस्ने नेपालीहरुको लागी समितिले देश अनुसार टिकाको साइत सार्वजनिक गरेको हो ।
विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।
समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने सायत जुराइएको छ ।
यस्तै टेक्सासमा २५ अक्टोबरको ११ बजेर ५७, मिनेट, मेलबर्न, अस्ट्रेलियामा २६ अक्टोबरको ९ बजेर ९३ मिनेटमा तथा सिड्नीमा ९ बजेर ४३ मिनेटमै टीका लगाउनु पर्ने साइत निकालिएको छ ।
यो बर्ष घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाइसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा