सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सन् २०२२ को डाइभर्सिटी भिसा (डिभीं कार्यक्रमको लागि आवेदन दर्ता आज रातिदेखि खुल्ने भएको छ । नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार यसको अवधि अक्टोबर ७, २०२२ (असोज २१, २०७७) आज राति १० बजेबाट सुरू हुने डीभीको आवेदन नोभेम्बर १०, २०२२ ( कात्तिक २५, २०७७) राति १० बजेमा बन्द हुनेछ ।
डीभी फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । डीभी आवेदन दर्ता गर्दा पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ।
उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ । दिइएको विवरण सही तरिकाले भर्नु पर्नेछ अन्यथा डिभीले मान्यता आउदैन ।डिभी आवेदन भर्दा कुनै पनि शुल्क लाग्दैन साथै दुतावासले कन्सल्टेन्सिमा नभइ आफुले वा सहयोग चाहिएमा आफ्नो परिवार वा आफुले विश्वास गर्ने व्यक्तिको सहयोगमा डिभी भर्न पनि आग्रह गरेको छ ।
फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि।भी। आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर समावेश गरिसकेपछि कन्फर्मेसन नम्बरसहितकको पत्र प्रिन्ट गर्नुपर्छ जसको आधारमा डिभी परे नपरेको थाहा पाउने माध्यम हो।
तपाईंलाई डीभी पर्यो यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला । तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा