सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ओम प्रकाश यादव/ रौतहट । रौतहटको इस्नाथ नगरपालिकामा पहिलो पटक कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।
इस्नाथ नगरपालिका वडा नं ९ परोहा डुम रिया हेल्थ पोस्टमा आजदेखि कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन भएको छ ।
नगर प्रमुख सन्तोष कुमार मेहताले आज एक कार्यक्रमका बीच उक्त अस्थायी अस्पतालको उदघाटन गरेका छन ।
नगर प्रमुख मेहताले उदघाटन गरेसँगै आजैदेखि उक्त कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।
इस्नाथ नगरपालिकाको आर्थिक सहयोगमा उक्त अस्पताल सञ्चालन गरिएको मेयर सन्तोष कुमार मेहताले बताएका हुन् ।
कोरोना लागेका संकास्पद व्यक्ति तथा कोरोना को लक्षण देखिएको व्यक्तिहरूको उपचार गर्नको लागि उक्त अस्थायी अस्पताल सञ्चालन गरेको मेयर मेहताले बताए ।
नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै तत्काल को लागि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना अस्थायी अस्पताल सञ्चालन गरिएको मेयर सन्तोष कुमार मेहताले बताएका छन् ।
अस्पतालमा कोरोना लागेका संकास्पद बिरामीको उपचारको लागि MD डाक्टर रविकुमार मेहतालाई खटाइएको उनले बताए ।
कोरोना बाट आफ्ना नगरवासीको ज्यान जोगाउन तथा समुदाय स्तरमा कोरोना फैलन नदिन उक्त अस्थायी अस्पताल सञ्चालन गरिएको मेयर मेहताले प्रष्ट परेका हुन् ।
उदघाटन समारोहमा वडा नं ९ परोहाका वडा अध्यक्ष रामबाबु राय यादव लगाएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नगर बसीको हितको लागि कोरोना अस्थायी अस्पताल सञ्चालन गरेको भन्दै स्थानीय बासीहरु निकै हर्षित हुँदै मेयर सन्तोष कुमार मेहता लाई धन्यवाद दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा