सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी । पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिले नवलपरासी आए देखि तस्कर विरुद्ध कडा एक्सन लिएका छ्न।एसपी केसिको सक्रियता देखेर तस्करको गिरोह अर्को जिल्ला प्लाएन हुन थालेको समेत पाइएको छ।
एसपी केसिले जिल्ला मातहत रहेका युनिट इन्चार्जहरु लाई समेत तस्कर सङ लसपस पाए सिधै निलम्बन गर्छु भनि निर्देशन समेत दिएका छ्न।त्यसै क्रममा एसपी केसि कै निर्देशनमा जिल्लाको विभिन्न ठाउँ बाट प्रहरीले आज अवैध सामान ओसार-पसारमा संलग्न २ वटा पिकअप गाडी र १ मोटरसाईकल सहित २२ लाख ७९ हजार ९ सय मुल्य बराबर अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको ।
बिहान अं.१०:०० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा बा १५ च ७९८५ र लु २ च ९२७५ नं.का २ वटा पिकअप गाडीमा राखी ल्याउदै गरेको १२० बोरामा ६ हजार के.जी. (प्रत्येक पिकअपमा ६० बोरा) प्याज सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. २ हरपुरबाट बरामद गरेको छ । उक्त प्याजको अं. मुल्य ३ लाख बराबर र २ वटा गाडीको १६ लाख (प्रति गाडी ८ लाख) गरी जम्मा १९ लाख बराबर मुल्य रहेको छ । दुवै गाडीका १/१ जना चालक सहित बरामद प्याज र २ वटै पिकअप गाडी आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
त्यसैगरी बिहान १०:३० बजेको समयमा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली लु ५६ प ६८९४ नं. को मोटरसाईकलमा राखि ल्याउदै गरेको थान कपडा २७० मिटर, साडी ५१ पिस, लेगिज ३० पिस लगायतका कपडा ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुस्माबाट मोटरसाईकल सहित बरामद गरेको छ । उक्त बरामद सामानको अन्दाजी मुल्य ८७ हजार ९ सय र मोटरसाईकलको अं. मुल्य १ लाख गरी जम्मा १ लाख ८७ हजार ९ सय बराबर रहेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि मोटरसाईकल र सामान छाडी मानिस भगेका थिए । बरामद कपडा र मोटरसाईकल आवश्यक कारबाहीको लागि आजै महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
त्यसैगरी दिउँसो १३:५० बजेको समयमा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अं. १ लाख ४० हजार मुल्य बराबरको ३५ बोरामा १७५० के.जी. हरियो मटर (केराउ) सुस्ता गाउँपालिका वडा नं. ५ ठाडीघाटबाट ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बरामद गरेको छ । उक्त मटर साईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली साईकल सहित मानिस भगेका थिए । त्यसैगरी आजै दिउँसि १४:०० बजेको समयमा नेपालबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको अं. ५२ हजार मुल्य बराबरको १७ बोरामा ६५० के.जी. सेतो मटर (केराउ) प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट प्रहरी चौकी बसहियाको प्रहरी टोलीले बरामद गरेको छ । उक्त मटर मोटरसाईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मोटरसाईकल सहित मानिस भागेका थिए । बरामद मटर आजै आवश्यक कारबाहीको लागि महेशपर भन्सार कार्यालय बुझाईएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा