सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अमेरिकाको रोग नियन्त्रण एवम् रोकथाम केन्द्र ९सिडिसी०ले सोमबार भनेको छ, कहिले–कहिले कोरोना भाइरस हावाबाट समेत फैलन सक्छ । सिडिसीका अनुसार हावामा मौजुद साना–साना थोपाबाट समेत उक्त भाइरसको संक्रमण हुन सक्छ ।
उक्त साना–साना थोपा हावामा केही मिनेटदेखि घन्टाभरसम्म पनि रहन सक्छ । केही महिनाअघि सिडिसीले हावाबाट समेत संक्रमण फैलन सक्ने भन्दै एक लेख प्रकाशित गरेको थियो । पछि त्यस लेखलाई हटाएको थियो ।
सिडिसीले अब पुनः उक्त लेखलाई अपडेट गरेको छ । सिडिसीका तर्फबाट अपडेट गरिएको जानकारीबाट उक्त रिपोर्टको पुष्टि हुन्छ । जसमा भनिएको छ, असामान्य हालतमा केही केसमा संक्रमित व्यक्तिबाट ६ फिट पर रहेका व्यक्तिमा समेत संक्रमण पुष्टि भएको थियो ।
सिडिसीका अनुसार बन्द कोठा अथवा स्थान, त्यस्ता स्थान जहाँ गीत, संगीत अथवा शारीरिक व्यायाम जस्ता कार्यक्रम हुन्छ, त्यहाँ हावाबाट संक्रमण फैलने खतरा बढी हुन्छ । त्यहीँ, वैज्ञानिककाअनुसार जब कोही संक्रमित बोल्छ, खोक्ने अथवा लामो सास छोड्छ त्यस्ता व्यक्तिको मुख अथवा नाकबाट निस्कने कोरोना भाइरस युक्त मसिना थोपा कुनै प्रकारले पूरै वातारणमा फैल्न्छ, बस्छ अथवा पुनः कुनै व्यक्तिको शरीरमा प्रवेश गर्ने गर्छ ।
यस्तो अवस्थामा घर भित्रको हावा भित्रै वा बाहिर आवत–जावत हुने व्यवस्था गर्नुपर्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा