सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । हास्य कलाकार हरिबंश आचार्य र उनकी पत्नी रमिला समेतलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएए पछि हिजो गरिएको पिसिआर टेस्टमा आज आचार्य र उनकी श्रीमतीमा कोरोना संक्रमण देखिएको हो ।
सामाजिक सञ्जाल मार्फत हरिबंशले उनी र उनकी श्रीमतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । उनले आफनो सम्पर्कमा आएक सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन अनुरोध समेत गरेका छनर ।
उनले आफनो सुवेक्षुकहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण आफुहरुले छिट्टै कोरोना संक्रमणलाई जित्ने विश्वास समेत ब्यक्त गरेका छन् । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्न पनि आग्रह गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा