सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ । मंगलबार प्रदेश नं. ५ प्रदेश सभाको वैठकले उक्त घोषणा गरेको हो । यस्तै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित भएको छ ।
सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको थियो ।
प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुई तिहाईका लागि ५८ मत आवश्यक पर्छ । त्यस्तै नाममा ७८ मत पक्षमा र ४ मत विपक्षमा परेको छ
सभामुख पूर्णवहादुर घर्तीले दुई तिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्याको भालबाङ क्षेत्र घोषणा गर्नुभयो ।
राजधानी देउखुरीको प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने ५ सांसद अनुपस्थित हुनुभयो ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा