सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए । स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उनका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजक आइतबार कोरोना सङ्क्रमित भएको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा