सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजबिराज । जनता समाजवादी पार्टी नेपाल मा ५ सय युवाहरु प्रवेश गरेका छन्।
जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रमको अध्यक्ष बोदेबर्साइन नपा के प्रमुख आतेश कुमार सिहको अध्यक्षतामा पब्लिक बिन्देशवरी मा.बि राजबिराजको प्राङ्गणमा सप्पन्न कार्यक्रममा करिब पाँच सय युवाहरु जसपामा प्रवेश भएका छ्न।
पुर्व निर्धारित कार्यक्रम अनुसार युवा सत्येन्द्र नारायण यादव को अगुवाइमा मुस्तकिम आलम,आशुतोष झा ,कमल साह,सुमन सिंह,ललित यादव,सुगम सिंह राजपुत,बिकी सिंह मो.पिरू,राजा मंडल, तेजनारायण यादव, रामअशिस यादव, राजेश यादव, ई सुधिर कुमार मंडल, ई मुकेश साह, रामबाबु, शिवनारायण छोटु, मोहम्मद मुख्तार, जितेन्द्र गुप्ता, शसि देव, चम्पक झा, सरोज यादव लगायत करिब पाँच सय युवाहरु जसपामा प्रवेश भएका छन्।
कार्यक्रममा पार्टीको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले केपि सरकारले उपेक्षित,उत्पीडित मधेसी,आदिवासी,जनजाति,थारु,मुस्लिमको बारम्बार अधिकारवादी आन्दोलनले दिएका बलिदानीका बाबजुद पनि सरकारको नियत संविधान संशोधन गर्न तर्फ नगाएको साथे केपी नेतृत्वको सरकारले कमिसन,भ्रष्टाचार,बिचोलियालाई संरक्षण गरेका कारण आन्दोलनका लागि उत्पीडित,शोषित बर्गलाइ तयार रहन समेत आग्रह गरेका छन।
उक्त कार्यक्रममा जसपाका अन्य नेता हरुको उपस्थित थियो।
उपस्थित नेताहरुमा ,राष्ट्रसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, राष्ट्र सभा सदस्य शेखर कुमार सिंह ,तिलाठी कोइलाडी गापाको प्रमुख सतिश कुमार सिंह,प्रदेश दुइको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री माननीय शैलेन्द्र प्रसाद साह,कृषि राज्यमन्त्री योगेन्द्र यादव,प्रदेश सभा सदस्य मनिष सुमन,पार्टी प्रदेश सचिव दिनेश कुमार यादव,जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतका नेताहरूको उपस्थितिमा सप्पन्न भएका छ्न।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा