सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश नं. २ अध्यक्ष प्रभु साहले प्रदेश नं. २ को सरकार गरिब दलितको आवास निर्माणमा उदासीन भएको आरोप लगाएका छन् ।
रौतहटबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहेका साहले सामाजिक सञ्जालमा मार्फत घरवार विहीनको संख्या अन्य प्रदेशको तुलनामा अत्यधिक रहेको प्रदेश–२ मा प्रदेश सरकार घरबारविहीन असहाय गरिब दलितको घर निर्माणमा पुरै उदासिन देखिएको आरोप लगाए ।
साहले गरीब दलितहरुको आवास निर्माणको लागि प्रदेश सरकारले रकम नछूट्याउन बताउदै संघीय सरकारबाट प्राप्त रकम समेत उपयोग गर्न नसकेको बताएका छन् । उनले जनता आवास कार्यक्रमको नाममा संघीय सरकारबाट बर्षेनी प्रदेश नं. २ लाई प्राप्त अर्व भन्दा बढी बजेट बदनियतपूर्ण रवैयाका कारण फ्रिज हुने गरेको जिकिर गरेका छन् ।
‘जुनसुकै विषयमा पनि आफ्नो कमिकमजोरी एवं अकर्मण्यता ढाकछोप गर्न सधैं केवल संघीय सरकार माथि दोषारोपण मात्र गर्ने प्रदेश २ सरकारको रवैयामा व्यापक सुधार आवश्यक छ’ उनले भने ‘केन्द्रले आवश्यकरधेरै बजेट नै दिएन भनेर केवल खेदो मात्र खन्नुको सट्टा प्राप्त बजेट रकमको सही एवं समुचित सदुपयोग गर्नतर्फ प्रदेश सरकार अग्रसर हुन आवश्यक देखिन्छ ।’
साहले प्रदेशवासीहरुको आवास निर्माणका लागि आउने बजेट रकम प्रत्येक वर्ष फ्रिज हुनु प्रदेश सरकारको चरम लापरवाही एवं गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताए ।
उनले यसलाई प्रदेश २ सरकारको बदनियतपूर्ण, दुखद एवं गम्भीर आपत्तिजनक काम भन्दै सबै सरोकारवालाहरुको समयमैं ध्यान केन्द्रित हुन जरूरी रहको समेत भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
#प्रदेश_२_सरकार_गरिब_दलितको_आवासप्रति_उदासिन
घरवार विहीनको संख्या अन्य प्रदेशको तुलनामा अत्यधिक रहेको प्रदेश-२ मा प्रदेश सरकार घरबारविहीन असहाय गरिब दलितको घर निर्माणमा पुरै उदासिन देखिएको छ । गरीब दलितहरुको आवास निर्माणको लागि प्रदेश सरकारबाट कुनै रकम छूट्याउन त परै जाओस संघीय सरकारबाट प्राप्त रकम समेत उपयोग गर्न सकेको छैन । जनता आवास कार्यक्रमको नाममा संघीय सरकारबाट बर्षेनी प्रदेश नं. २ लाई प्राप्त अर्व भन्दा बढी बजेट रकम प्रदेश सरकारको बदनियतपूर्ण रवैयाका कारण फ्रिज हुने गरेको छ ।
आवास मानव जीवनका लागि आधारभूत आवश्यकता हो । नेपालको संविधानले पनि आवासको अधिकारलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको छ । यति हुँदाहुँदै पनि प्रदेश सरकार घरवारविहीन परिवारको आवास निर्माणप्रति गम्भीर नहुनु दुःखद हो । जुनसुकै विषयमा पनि आफ्नो कमिकमजोरी एवं अकर्मण्यता ढाकछोप गर्न सधैं केवल संघीय सरकार माथि दोषारोपण मात्र गर्ने प्रदेश २ सरकारको रवैयामा व्यापक सुधार आवश्यक छ । केन्द्रले आवश्यक/धेरै बजेट नै दिएन भनेर केवल खेदो मात्र खन्नुको सट्टा प्राप्त बजेट रकमको सही एवं समुचित सदुपयोग गर्नतर्फ प्रदेश सरकार अग्रसर हुन आवश्यक देखिन्छ ।
यसरी प्रदेशवासीहरुको आवास निर्माणका लागि आउने बजेट रकम प्रत्येक वर्ष फ्रिज हुनु प्रदेश सरकारको चरम लापरवाही एवं गैरजिम्मेवारीपनको पराकाष्ठा हो । तसर्थ, यस बदनियतपूर्ण, दुखद एवं गम्भीर आपत्तिजनक विषयप्रति सबै सरोकारवालाहरुको समयमैं ध्यान केन्द्रित हुन जरूरी छ ।
क्र.सं. आ.व. बजेट रकम वितिय प्रगति
१. ०७३/७४। ७० करोड़ २१ लाख
२. ०७४/७५ ७३ करोड़ ४९ लाख
३. ०७५/७६ १ अर्ब ३९ करोड़। १५ %
४. ०७६/७७ ८१ करोड़ ३४ लाख ३०%
५. ०७७/७८ १ अर्व ३८ करोड़ ०%
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा